About Us

नेपाल एक कृषि प्रधान देश हो । यहांका ६५% जनसंख्या कृषिमा आत्मनिर्भर छन । यहांका जनताहरुले नगदेबाली, मौषमी खेती, पशुपंक्षि पालन , जडिवुटि, तरकारी खेती गरि आफ्नो जिविका चलाइरहेका छन । विभिन्न जात, भाषा भाषीहरुको बाहुल्य रहेको यस नेपालमा यहांका करिब ७०% जनसंख्या गरिबीको रेखामुनी छन् । सरकारले कृषि क्षेत्रलाई आधुनिकिकरण गर्दै विभिन्न कार्यक्रमहरु लागु गरेतापनि उलेख्य सुधार हुन सकेको छैन। खास गरी जनजाती, दलित समुदाय आर्थिकरुपमा पिडित छन ।यहाका सम्पूर्ण आर्थिकरुपमा विपन्न भएका जनताहरुलाई कृषि सम्बन्धि सम्पूर्ण सेवा सुविधा, तालिम दिई कृषिमा आत्मनिर्भर बनाई उनिहरुको जिवनस्तर माथि उठाउनको लागी हाम्रो यस एभरेष्ट एग्रिकल्चर फार्म प्रा.ली. स्थापना भएको हो । खासगरी कृषिमा भैरहेको परनिर्भरता कम गर्न र यहांका जनताहरुलाई स्वस्थ, सफा, अर्गानिक माछा,मासु, उत्पादनगरी बिक्री गरी देशको मेरुदण्डको रुपमा रहेको कृषि पेशालाई नयाँ उचाइर्एमा पुर्याउने र यहाँको उत्पादनलाई निर्यात गरी आय आर्जनगरी देशको आर्थिक पक्षलाई सुदृढ गर्ने उदेश्य छ । सामान्यरुपमा ७ वर्ष अगाडि नै व्यवसाय सुरु गरेतापनि व्यवसायीक रुपमा २०७४ सालदेखी यस फार्मले व्यवसायीक माछापालन, बंगुर पालन, लेयर्स कुखुरा पालन, गाई,बाख्रा,टर्की पालन गर्दै आएको छ र उत्पादनलाई बिक्री गर्न दुईवटा बिक्री केन्द्र स्थापना गरेको छ साथै टर्की पालन गर्दै आएको छ । टर्की तथा लोकल चल्लाको ह्याचरी गरी बिक्री वितरण सुरु गरेको छ । यस एभरेष्ट एग्रिकल्चर फार्म प्रा. ली. को संचालन यहि मकवानपुर जिल्ला हेटौडा,१७ निवासी श्री अमिक परियारको अध्क्ष्यतामा हुदै आएको छ । अमिक परियार एक उक्त व्यवसायमा अनुभवी तथा सम्पूर्ण तालिम लिई श्री लक्ष्मण चौधरीको प्रत्यक्ष निगरानीमा फार्म संचालन गर्दै आएका छन ।